बितेको एक हप्ताभन्दा बढी समयदेखि भारतका धैरे क्षेत्रमा लू नामक तातो हावा चलेको र केही क्षेत्रको तापक्रम 40 डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। लगातार भइरहेको यो उच्च तापक्रमबाट आठ जनाको ज्यान गएको छ।
भारतीय जलवायु विभागले 28 तारिखका दिन जनाएअनुसार, बितेको एक हप्तायता भारतका दश भन्दा बढी प्रदेशमाथि लू नामक तातो हावाले आक्रमण गरेको छ र 24 तारिखका दिन भारतको पश्चिमी क्षेत्रमा पर्ने गुज्रात प्रदेशको मध्य क्षेत्रको राजकोटमा सब्भन्दा बढी तापक्रम 43 डिग्री रेकर्ड गरिएको छ।
भारतका जलवायुशास्त्रीले सुक्खा मौसम र कम पानी परेको कारणले यस बर्षको मार्च महिनामा भारतका धैरे क्षेत्रको तापक्रम गत बर्षको सोही अवधिको तुलनामा छदेखि दश डिग्री सेल्सियस भन्दा बढी रहेको विश्लेषण गर्नुभयो। आउने केहि समयमा केही क्षेत्रमा लू चलीरहने अनुमान पनि गरिएको छ ।