अर्घातोषकाे ग्लोबल ईंग्लिश बोर्डिङ स्कुलमा पठनपाठन शुरु
आश्विन १८ गते, २०७७ मा प्रकाशित
दिपेन्द्र खत्री
अर्घाखाँची असोज १६ । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वार्ड नं:-२ अर्घातोषमा रहेकाे एक मात्र निजी बिधालय ग्लोबल ईंग्लिश बोर्डिङ स्कुलमा आज देखि वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई सिकाई सहजीकरण गरि पठनपाठन सुरु गरेकाे छ।
कोभिड १९को कारण यस बिधालयमा दैनिकी स्कुल खोल्ने,विद्यार्थी भर्ना गर्ने काम भएपनि पठनपाठन भएको थिएन,तर वैकल्पिक सिकाई सहजीकरण कार्यविधि 2077 वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई अाज देखि उक्त बिधालयमा पठनपाठन सुरु गरिएकाे थियाे।
यस विद्यालयको स्थापना वि.स. २०६४ सालमा भएको थियो,भने पछिल्लो समय नेपाल सरकारले बैकल्पिक शिक्षा लागु गरेकाे भएपनी कोभिड १९ को समय पढाई ५ तरिकाले पढ्न सक्ने निड्य अनुसार, रेडियो, टिभी,अनलाइन, शिक्षक टोल-टोल गएर पढाउने, कम्प्युटर इत्यादि माध्यम बाट पठनपाठन गराउने भनिएपनि यो ठाउँमा भौगोलिकको हिसाबले असुविधा भएको कारण विद्यार्थीलाई सहज तरिकाले पढाउने काम नभएको उक्त बिधालयका प्र: बिकाश के,सीले बताउनु भयाे।
विद्यार्थीहरुलाई बिधालय आउनु भन्दा पहिले र बिधालय बाट घर गए लगत्तै साबुनपानीले हात अनिवार्य धुनुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, निड्य गरि बिधालय संचालनमा ल्याईएकाे हाे।उक्त बिधालयमा अाज पहिलाे दिनमै ८५ जना विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे।
विद्यालयमा बिद्यार्थी बिहान १०: बजे पुगिसक्नुपर्ने दिउसोको ३० मिनेट हापछुट्टि हुने , साथै भिडभाड हुने कारणले खेल खेल्न बिद्यार्थी लाई बन्चित गरिएको छ,उक्त बिधालय दिउसाे ३ वजे नै छुट्टी हुने उक्त बिधालयका कार्यबाहक प्र: कृष्ण कुवँरले वताउनुभयाे।