अर्घाखाँचीको पाली गाविस स्थीत बेङ्गदी खोलामा डुबेर ३ बालीकाको मृत्यु

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

पाली, अर्घाखाँची – अर्घाखाँची जिल्लाको पाली गाउँ  विकास समिति स्थीत बेङ्गदी खोलामा डुबेर तिन बालीकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पाली गाउँ विकास समितिका नारायण खनालकी १० वर्षीय छोरी विष्णु खनाल १२ बर्षीय मिना खनाल र डाँसीराम पाण्डेकी १४ वर्षीय छोरी कविता पाण्डे रहेको छन ।

हिजो दिउसो पाली ३ र ४ को विचमा पर्ने बेङ्गदी खोलामा नुहान गएका तिनैजनाको डुवेर मृत्यु भएको हो । साँझ सम्म घर नआएपछि घरपरिवारले खोज्ने क्रममा राती ११ बजे उनीहरु मृत अवस्थामा भेटीएका थिए ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक बुद्धिराज गुरुङ्गको नेतृत्वमा प्रहरी टोली घटनासथलमा पुगी घटनास्थलको प्रकृती मुचुल्का तयार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धीखर्कमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थल सदरमुकाम सन्धीखर्कबाट ३० किलोमिटर पुर्वमा पर्छ ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु