अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको भुजुङ्गेमा पहिराे तथा जमिन भासिएका कारण विस्थापित भएका पीडितहरूले सन्धिखर्कका मेयर कमल प्रसाद भुसाललाई भेटी बस्ती स्थानान्तरण गरि सुरक्षित बासकाे व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
साे ठाउँका १० घरपरिवारले अहिले खाँचीकाेटकाे चन्द्रप्रभा माविमा आश्रय लिइरहेका छन् ।
करिव ६० घरपरिवार उच्च जाेखिममा छन् । भेटमा राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, राजमो सनपा ७ का वार्ड अध्यक्ष दिलदार हुसेन, सचिब बसन्त खड्का, वार्ड नं. ७ का वडाध्यक्ष पृतम थापा लगायत सहभागी हुनुहुन्थ्याे । यस्तै पिडितको तर्फबाट पुन बहादुर नेपाली, शान्ता नेपाली, रिना नेपाली लगायतको सहभागीता रहेको थियो ।
नगर प्रमुख भुसालले सबै निकायकाे सहयाेगबाट सुरक्षित बासकाे व्यवस्था मिलाइने प्रतिवद्धता जनाउनुभयाे ।