दीपक भुसाल
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर २ र ३ बल्कोटमा बल्कोट सेबा समाज युएईले खाद्यान्न हस्तान्तरण गरेको छ ।
कोरोना महामारीले निम्न बर्गमा परेको समस्यालाई मध्यनजर गरि छत्रदेब गाउँपालिका वार्ड नम्बर २ र ३ बल्कोटमा रहेका ज्यालादारी मजदुरी गरि जीवन यापन गरेका अति पिबन्न २० परिवारलाई प्रती परिवार एक बोरा चामल दाल नुन तेल र साबुन बितरण गरेको हो ।
छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ का वडाअध्यक्ष तेजप्रसाद खनाल वार्ड नम्बर २ का वडाअध्यक्ष राजेस पन्थी वडासदस्य तोमलाल भुसाल ,कमला अधिकारी समाज सेबी पोमनाराय पाण्डे धुर्बकुमार पाण्डे कमला पाडे दधिराम खनाल कुलचन्द्र खनाल बिबेक घिमिरे विभिन्न राजनीतिक दलका सदस्यहरु उपस्तिथि भएको कार्यक्रमको सञ्चाल्न छत्रदेब गाउँपालिका वार्ड न २ का सचिब विशाल ओलीले गर्नु भएको थियो ।
कार्यक्रममा करिब ४६ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको समाजका अध्यक्ष टुमलाल पाण्डेले बताउनु भएको छ ।
बिगत दुई वर्षदेखि कर्म थलो युएई बनाएका बल्कोटे युवा युवतीले गाउँमा भएका आगालागी रोगी पिडित र निम्न बर्गहरुलाई सहयोग गर्दै आएका छन् ।
संस्थाले हालसम्म १० लाख बराबरको सहयोग गरेको छ । साथै करिब एक महिना अगाडि बल्कोटको पौवामा पार्क बेन्च पनि निर्माण संस्थाका सचिब अमित पाण्डेले जनाउनु भएको छ ।