ठाडामा अब ल्याण्डलाईन टेलिफोन बिस्तार

अर्घाखाँचीडट्कम संवाददाता  
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका स्थित ठाडामा लामो प्रयास पछि ल्याण्डलाईन टेलिफोन सेवा बिस्तारको काम धमाधम सञ्चालन भई रहेको छ । बर्षौ देखि ल्याण्डलाईन सेवाको बिस्तारको माग गर्दै स्थानिय सर्वसाधारण तथा नेताहरु बिभिन्न मन्त्रालयहरुमा पटक पटक धाए पनि काम नहुँदा स्थानिय दुखित भएका थिए ।
शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारील् समेत पटक पटक भैरहवा तथा काठमाडौ मन्त्रालय सम्म धाएर अनुरोध र दवाव समेत दिएकोले पनि काम सुरुभएकोमा खुशी ब्यत गर्नु भयो । नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोबिन्द पराजुलीले अब प्राबिधक इक्युमेट उपलब्ध भएका १ महिना भित्र टेलिफोन सुरु हुने बताउनु भयो ।
तार तान्ने काम अन्तिम चरणमा पुगेको छ भने नेटवर्किङ को काम अहिले भइरहेको र सम्पुर्ण काम अन्तिम चरणमा पुगेको पराजुलीले बताउनु भयो । पहिलो चरणमा ठाडा  रेडियो शितगंगा देखि वडा नम्बर४ को गोर्थुम गाउँ सम्म तार तान्ने काम सम्पन्न भएको छ ।
ल्याण्डलाईन टेलिफोन सहित अब एडियसएल इन्टरनेट को सुबिधा समेत उपलब्ध हुने छ । अब १ महिना भित्रै शितगंगाबासिले ल्याण्डलाईन टेलिफोन प्रयोग गर्न पाउने छन ।

अन्य समाचारहरु