अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी सहित बिहिवार अर्घाखाँचीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित २ जना नर्स, २ जना पारामेडिसिन, ३ जना सहयोगी स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीका परिवार लगायत २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी एवं कोरोना फोकल पर्सन बिजय बिकले जानकारी दिनुभयो ।
गत सोमवार अस्पतालकै डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणकोलागी भैरहवा पठाईएको थियो । सोमवार चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको थियो ।
यसैबिच बिहिवार पुष्टी भएका २१ जना संक्रमित सहित जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४६१ पुगेको छ । कुल संक्रमितमध्ये २० जना भने व्यक्तिगत रुपमा चेक गराउदा रिपोट पोजेटिभ आएको सुचना अधिकारी बिकले जानकारी दिनुभयो । संक्रमितमध्ये हालसम्म ३९९ जनाले कोरोनालाई जितेर घरफर्किएका छन अहिले जिल्लामा ४१ जना सक्रिय संक्रमितहरु होम आईसोलेशनमा उपचाररत रहेको जनाईएको छ । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।
यता आजसम्म जिल्लाभरबाट ३९ सय ८२ जनाको स्वाब संकलन गरीएको छ । जसमा ४६१ जनाको रिपोट पोजेटिभ आएको छ भने ३४ सय ३२ जनाको रिपोट नेगेटिभ आएको जनाईएको छ । अब १०६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सुचना अधिकारी बिकले बताउनुभयो । जसमा शितगंगा नगरपालीकाबाट संकलन गरीएका ८ जना, सन्धिखर्क नगरपालीकाबाट संकलन गरीएका २२ जना र स्वास्थ्य कार्यालय अर्घाखाँचीबाट संकलन गरीएका ७६ जनाको रिपोट आउन बाँकी रहेको बिकले बताउनुभयोे ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर तिव्र गतिमा बृद्धि हुदै गएसंगै स्थीति जटिलतर्फ जान थालेको भन्दै सर्तक र सजक हुन अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जिल्लावासीलाई आग्रह समेत गर्नुभएको छ ।
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४४१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०० जना, शितगंगा नगरपालिकामा ८०, भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४४१ जना संक्रमित रहेका छन् ।
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बुधवारसम्म ३९२ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ७७ जना, शितगंगा नगरपालिकामा ७८, भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने २४ जना उपचाररत छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा बुधवारसम्म १५२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १५२ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ० जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ७८ जना रहेको छ ।
साथै बुधवार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ५ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४६ स्थानमा ९२५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २४ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।