अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न सडक खण्डमा सवारी दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धि प्रहरीको पर्चा पम्लेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित यात्रा अभियान अन्तरगत आज सन्धिखर्क नगरपालिका वार्ड नं. १ पटुवाथुम स्थित सन्धिखर्क तम्घास भित्रि सडक खण्डमा तालुक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीसंग संयुक्त ,सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा प्रहरी चौकी नरपानी संग संयुक्त रुपमा बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक ,सह-चालक १ पटकमा २० जना, उक्त सवारी साधन भित्र सवार यात्रु २ पटकमा २० जना गरी ३ पटकमा ४०जनालाई सवारी दुर्घटना हुनुको मुख्य कारण, सवारी दुर्घटना बाट कसरी बच्न सकिन्छ, हाम्रो यात्रा कसरी सुरक्षित र सहज गराउन सकिन्छ, सवारी दुर्घटना न्युनिकरण र ट्राफिक ब्यबस्थापनमा चालक सह-चालक र सवार यात्रुहरुको भुमिका , कोरोना भाईरस COVID 19 बाट कसरी सुरक्षित हुने सम्बन्धमा सडकमै सवारी साधन भित्र गई प्रशिक्षण दिई यात्रु हरु बाट तोकिए भन्दा बढी भाडा लिए नलिएको सोधपुज गरी बिभिन्न ट्राफिक जनचेतना, कोरोना भाईरस सम्बन्धि सन्देशहरु लेखिएका ४० थान पर्चा पम्लेट बितरण गरीएको थियो ।