केशबराज ज्ञवाली
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको पावरमा अबस्थित गङ्गाजल कृषि तथा पशु बिकास महिला सहकारीले किसानहरुका खसी बोका खरिद गरि बिक्रीवितरण गरेको छ।
सहकारीमा आबद्द किसानहरूले पालेका खसी बोका बजार पुर्याउन सहजीकरण गर्दै आएको उक्त सहकारी मार्फत आज ५६ वटा खसी बोका बिक्री गरिएको गङ्गाजल कृषि तथा पशु बिकास महिला सहकारिका अध्यक्ष सीता लामिछनेले अर्घाखाँचीडट्कमलाई बताउनु भयो।
कुल १८४० के .जि .का ती खसी बोका ८८३२०० रुपैयाँमा खरिद गरि ९०१६०० रुपैयाँमा बिक्रीवितरण गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
गङ्गाजल कृषि तथा पशु बिकास महिला सहकारीले किसानका उत्पादन बजार पुर्याउन सहजीकरण गर्ने हेतुले एकमुस्ठ रुपमा बिक्रीवितरण गर्दै आइरहेको छ।
यसरी बिक्रीवितरण गर्दा प्रतिकिलो जम्मा दश रुपैयाँ मात्र नाफा राखी बिक्रि गर्ने र उक्त नाफा सहकारीको कोषमा जाने गरेको अध्यक्ष लामिछानेले बताउनुभयो ।