अर्घाखाँचीमा प्रहरीद्धारा बढी भाडा लिने सवारीलाई कारबाही र दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा पम्लेट बितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका विभिन्न सडक खण्डमा सवारी दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धि प्रहरीको पर्चा पम्लेट बितरण कार्यक्रम सम्पन्न भएको छ । 
सुरक्षित यात्रा अभियान अन्तरगत आज सन्धिखर्क नगरपालिका वार्ड नं. १० बिहारा स्थित सन्धिखर्क हंसपुर भित्रि सडक खण्डमा तालुक जिल्ला प्रहरी कार्यालय अर्घाखाँची संग संयुक्त ,सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी बजार स्थित नरपानी बजारमा प्रहरी चौकी नरपानी संग संयुक्त ,जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा स्थित तालुक ईलाका प्रहरी कार्यालय ठाडा संग संयुक्त रुपमा बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक ,सह-चालक २ पटकमा ५० जना, सर्बसाधरण हरु १ पटकमा ५५ जना गरी ३ पटकमा १०५ जनालाई सवारी दुर्घटना हुनुको मुख्य कारण, सवारी दुर्घटना बाट कसरी बच्न सकिन्छ, हाम्रो यात्रा कसरी सुरक्षित र सहज गराउन सकिन्छ, सडकमा हिड्दा वा सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु,सवारी दुर्घटना न्युनिकरण र ट्राफिक ब्यबस्थापनमा चालक सह-चालक र सर्बसाधरणहरुको भुमिका , कोरोना भाईरसबाट कसरी सुरक्षित हुने सम्बन्धमा सडकमै सवारी साधन भित्र गई प्रशिक्षण दिई यात्रुहरुबाट तोकिए भन्दा बढी भाडा लिए नलिएको सोधपुज गरी बिभिन्न ट्राफिक जनचेतना, कोरोना भाईरस COVID 19 सम्बन्धि सन्देशहरु लेखिएका १०५ थान पर्चा पम्लेट बितरण गरीएको थियो । 

अन्य समाचारहरु