अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका कोरोना मुक्त भएको छ । यहाँ ८० संक्रमित मध्ये ७८ जना कोरोना जितेर घर फर्केका छन् । भने २ जनाको निधन भएको छ । शितगंगामा क्वारेन्टिनमा अहिले १९ जना रहेका छन् । यसअघि मालारानी, छत्रदेव र पाणिनी गाउँपालिका कोरोना मुक्त भएका थिए ।
उता शुक्रबार जिल्लाको सन्धिखर्क नगरपालीकाका ११ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रात्त जानकारी अनुसार केहि कार्यालयका कर्मचारी, उनिहरुका परीवार र केहि बाहीरका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
योसंगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४५२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३२ जना, शितगंगा नगरपालिकामा ८०, भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४५२ जना संक्रमित रहेका छन् ।
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शुक्रबारसम्म ३९२ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ७७ जना, शितगंगा नगरपालिकामा ७८, भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ५६ जना उपचाररत छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा शुक्रबारसम्म २१ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २१ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ० जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या २३० जना रहेको छ ।
साथै शुक्रबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४६ स्थानमा ९२५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ५६ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।