अर्घामा १ करोड ६१ लागतमा बन्न लागेको गर्लाम अर्घामैदान लिफ्ट खानेपानी आयोजनाको टोप बहादुर रायमाझीद्धारा सिल्यान्यास

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) असोज २३ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घा स्थित निर्माण हुन लागेको गर्लाम अर्घामैदान लिफ्ट खानेपानी आयोजनाको एक समारोहबीच पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सिल्यान्यास गर्नु भएको छ ।
अर्घामा १ करोड ६० लाख ९५ हजार ५ सय ९० रुपैया लागतमा निर्माण हुन लागेको गर्लाम अर्घा मैदान लिफ्ट खानेपानी आयोजनाको एक समारोहबीच पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सिल्यान्यास गर्नु भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, वार्ड अध्यक्ष देब बहादुर रायमाझी, प्राबिधिक नारायण पोख्रेल हरि बहादुर बोहोरा निर्माण ब्यबसायी कृस्न प्रसाद बस्याल स्थानियबासीहरुको सहभागीमा सिल्यान्यास गरिएको हो ।
१५० घनमिटरको अर्घा मैदान लिफ्ट खानेपानी आयोजना आगामी वर्ष २०७८ कार्तिक १६ गते भित्रमा सम्पन्न हुनेछ । 

अन्य समाचारहरु