खाँचीकोटको भुजुङ्गेका पहिरो पीडित १० घरपरिवारलाई नेता टोपबहादुर रायमाझीद्वारा टेन्ट बितरण (भिडियो, फोटो सहित)

केशबराज ज्ञवाली
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रतिनिधि सभा सदस्य तथा पुर्ब उप प्रधानमन्त्री टोपबहादुर रायमाझीद्वारा खाँचीकोट भुजुङ्गेका  पहिरो पीडितलाई टेन्ट बितरण गरिएको छ।
चन्द्र प्रभा माबिमा बसेका १० घर पहिरो पीडितलाई तत्कालका लागी राहत स्वरुप टेण्ट बितरण गरिएको हो।
टेन्ट बितरण कार्यक्रममा बोल्दै रायमाझीले यो तत्कालीन राहत भएको र दीर्घकालीन ब्यबस्थापनका लागी आफू लागिरहेको बताए । भुगर्भ बिदको टोलि को प्रतिबेदन आए पछि थप पहल पनि गरिने आश्वासन रायमाझीले स्थानीय पिडितलै दिए ।
आज बिहानै पनि रायमाझी भुगर्भ बिदको टोलि सहित भुजुङ्गे पुगेका थिए।    उक्त अबसरमा नेपाली सेनाद्वारा स्थानीय युवा हरुलाइ टेन्ट बनाउने तरिका पनि सिकाइएको थियो।
एउटा नमुना टेन्ट बनाइ स्थानीय पीडित भिम नेपालिलाइ नेता रायमाझीद्वारा टेण्ट हस्तान्तरण गरिएको थियो।
डिहिडाँडा स्थित चन्द्र प्रभा मा बि मा भएको कार्यक्रममा नेता रायमाझीसंगै रा. ज. मो .जिल्ला अध्यक्ष थम्मन के.सी, अर्घाखाँची पोखरा  सम्पर्क समाजका अध्यक्ष लिला बहादुर बि .सि. सन्धिखर्क वार्ड न .७ का सदस्य बिष्णु भुसाल ,रामलाल खनाल ,अर्घाखाँची डटकमका ब्यबस्थापक बसन्त खड्का, सन्चारकर्मी केशवराज ज्ञवाली ,केशव घिमिरे लगायतको उपस्थिति थियो।
कार्यक्रमको संचालन चन्द्र प्रभा मा. बि .का शिक्षक तिर्थ आचार्यले गर्नुभएको थियो।

अन्य समाचारहरु