अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा शनिबारसम्म २० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २० जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा १ जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या २०१ जना रहेको छ ।
सन्धिखर्कमा शनिबार ४ जना कोरोना जितेर घर फर्केका छन् । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शनिबारसम्म ३९६ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ८१ जना, शितगंगा नगरपालिकामा ७८, भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ८६ जना उपचाररत छन् ।
शनिबार सन्धिखर्क नगरपालिकाका २९ र शितगंगा नगरपालिकाका ५ जना गरी थप ३४ जनामा कोराना पुष्टी भएको छ ।
योसंगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४८६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६१ जना, शितगंगा नगरपालिकामा ८५, भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४८६ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
साथै शनिबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ३६ स्थानमा ८९२ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ८६ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।