युरोपेली संघको तथ्याङ्क व्युरोद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार, चालुवर्ष युरोपेली संघका मुलुकहरुको बेरोजगारी दर बितेका दश वर्षदेखि सबैभन्दा बढी भएको छ।
सो तथ्याङ्कका अनुसार, चालुवर्षको फेब्रुअरीमा युरोको प्रयोग गर्ने सोह्र मुलुकहरुको बेरोजगारी दर दश प्रतिशत पुगेको थियो। यो चालुवर्षको जनवरीको तुलनामा सून्य दशमलब एक प्रतिशतले बढी हो। जसले सन् 1998 को अगष्ट महिनादेखि नयाँ रेकर्ड सिर्जना गरेको छ।