अर्घाखाँचीका क्यान्सर पीडितलाई न्यु सागर एन्ड सगरमाथा टुर ट्राबल्स करनाल समितिद्वारा आर्थिक सहयोग

धर्म राज पन्थी
लुधियाना, भारत । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाको झेडीका एक क्यान्सर पीडितलाई न्यु सागर एन्ड सगरमाथा  टुर  ट्राबल्स करनाल समितिले आर्थिक सहयोग गरेको छ । 
डिभर्नाको झेडीका स्वर्गीय तेब बहादुर परियारका क्यान्सर पीडित छोरा मोहन लाल परियारलाई न्यु सागर एन्ड सगरमाथा  टुर  ट्राबल्स करनाल समितीले भारु ११ सय आर्थिक सहयोग गरेको हो । 
यस्तै समितीले खाधन्न पनि सहयोग गरेको छ । 
प्रवासी नेपाली  संघ  भारत केन्द्रिय  समिती सदस्य  राम प्रसाद भण्डारी,  समाज सेबी राजु सेजाल, समाज सेवी हिमलाल खनाल,  दिपक भुसाल,  गोबिन्द भुसालको पहलमा उक्त सहयोग भएको थियो । 
न्यु सागर एन्ड सगरमाथा  टुर  ट्राबल्स करनाल समितिले समय समयमा विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । 

अन्य समाचारहरु