डिआरजी सुमन
मैदान, (अर्घाखाँची डटकम् व्युरो रिपोर्ट) । विश्वभर फैलिएको कोरोना संक्रमण को कारण वर्तमानअवस्थामा चाडवाड कसरी मनाउन उपयुक्त हुन्छ भन्ने विषयमा छलफलको लागी मंगलवार पाणिनीगाँउ पालिका वडा नं ५ को वडा कार्यालयमा वसेको वडा स्तरिय सर्वपक्षिय भेलाले यस पटक दशैमाविगतका वर्षमा जस्तै सरायनाच कुनैपनि मन्दिरमा नगर्ने गरि निर्णय गरेको छ ।
पाणिनी गाँउ पालिका वडा नं ५ मा रहेका ऐतिहासिक आलम देवी मन्दिर, मालिका मन्दिर,झुमादेवीमन्दिर लगायतका स्थानमा लाग्ने सरायनाच नगर्ने निर्णय सर्वसम्मतिमा भएको छ । मन्दिरमासामाजिक दुरी क़ायम गरी पुजाआजा गराउने ज़िम्मा मन्दिर व्यावस्थापन समितीलाई दिएको छ । यसपटक सामान्य पुजाआजा गरिने भएता पनि वली र सराय भने कतै नहुने भएको छ ।
दशै तिहारसँगै कोरोना संक्रमण क्षेत्रवाट मानिसको आवातजावत वढ्ने र पर्वको नाममा भेटघाट रभिडभाड वढ्न सक्ने सम्भावना लाई मध्यनजर गर्दै वाहिरवाट आउनेलाई होम करेन्टाईनमा रहन आग्रहगर्दै सामाजिक दुरी क़ायम गर्ने,भिडभाड नगर्ने,सवारी साधन,होटल,पसलहरुलाई सुरक्षा मापदंड क़ायमगर्न आग्रह गर्ने,कोरोना संक्रमण सम्बन्धि सचेतनामुलक सुचना प्रवाह गर्ने र सुरक्षाकर्मि परिचालन गर्नेनिर्णय भएको छ ।
पाणिनी गाँउ पालिका वडा ५ वडा अध्यक्ष जीवलाल घिमिरे,सदस्य धन वहादुर सिंजाली,पार्वतासुनार,स्वास्थ्य चौकि प्रमुख जगदीश घिमिरे,शिक्षाकर्मी यादव घिमिरे,पत्रकार डिआरजी सुमन,प्रहरीहवलदार संतोष थापा,नेकपा वडा अध्यक्ष ईन्द्रमणी घिमिरे,नेपाली कांग्रेस वडा सभापति शालिकरामघिमिरे,राजमो नेता पिताम्बर घिमिरे,नेकपा नेता वुद्धी जीसी,खगेश्वर घिमिरे,मालिका मन्दिरव्यावस्थापन समितीका अध्यक्ष थानेश्वर घिमिरे,मनकामना मन्दिर व्यावस्थापन समितीका अध्यक्ष रामप्रसाद घिमिरे,झुमादेवी मन्दिर व्यावस्थापन समितीका अध्यक्ष लेखनाथ गैरे,व्यापार व्यावसायि बिष्णुघिमिरे,समाजसेवी हरी गैरे लगायतको उपस्थितमा भेला सम्पन्न भएको छ ।