माधव प्रसाद बेल्बासे
जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ७ जलुकेले किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । वार्डले मंगलबार उन्नत जातको गहुँको बीउ वितरण गरेको हो ।
सलह किराले बालीमा क्षती गराएको र वडाको तथ्याङ्क अनुसार बीउ वितरण गरिएको वडा अध्यक्ष मोहन पन्थीले बताउनु भयो । वडाध्यक्ष पन्थीले किसानलाई बीउ वितरण गर्दै किसानलाई व्यवसायीक रुपमा गहुँ उत्पादन गर्न आग्रह गर्नु भयो । उहाँले किसानलाई व्यवसायीक बन्न समेत आग्रह गर्नुभयो ।
वडाबाट विनियोजित १ लाख रकमबाट ८४ जनाले घाटाको अवस्था हेरी गहुँको बीउ पाएका छ्न । गहुँको विउ पाएपछि किसानहरू पनि खुशी भएका छन् । अनुदानमा गहुँको बीउ वितरण भएपछि कृषिमा लागेकाहरूलाई थप राहत मिलेको स्थानियले प्रतिक्रिया दिएका छन ।