अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।
खनदह स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी १५ शैयाको अस्पताल निर्माण हुने भएको हो । खनदहमा १५ शैयाको अस्पताल निर्माणका लागि आर्थिक वर्ष २०७७-७८ को बजेट अर्थ मन्त्रालयबाट १ करोड ४४ लाख रुपैया निकासा भईसकेको छ ।
यो सँगै खनदहमा १५ शैयाको अस्पताल निर्माण कार्य शुरु हुने मालारानी गाउँपालिकाले उल्लेख गरेको छ ।