रसियामा आत्मघाती बम पड्काउने १७ वर्षिया युवती- सुरक्षा निकाय

मस्को, चैत २१ रसियामा गत सोमबार भएको आत्मघाती बम हमला एक १७ वर्षीया युवतीले गरेको त्यहाँको सुरक्षा निकायले जनाएको छ। आत्मघाती विष्फोट गराउने देगस्तानकी देननेट अब्द्रुकमानभ गत वर्ष सेनाबाट मारिएका चेचेन विद्रोहीका विधवा हुनसक्ने अनुमान गरिएको छ।

देगस्तान चेचेनिया नजिकैको स्थान हो जहाँ विद्रोही र सेनाबीच पटक पटक भिडन्त भइसकेको छ। सोमबारको विष्फोटमा ३९ मानिस मारिएका थिए भने ८० भन्दा बढी घाइते भएका थिए।