अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना महामारीको जोखिमले यस वर्ष हिन्दू हरु को महान चाड बडा दशै भोलीबाट शुरु हुँदै छ । भोली घटस्थापना तर दशै लागि घर जाने यात्रुहरूको कमीका कारण सन्धिखर्क बसपार्कहरू सुनसान बन्दै गएका छन्।
विगतमा दसैं शुरू नहुँदै सन्धिखर्क बसपार्कमा चहलपहल शुरू भइसक्थ्यो। तर, यसवर्ष बसपार्क क्षेत्र सुनसान छ। यस्तै काठमाडौं, बुटवलमा पनि जिल्लाबासी घर आउने नाउने निस्चित गरेका छैनन् ।
यात्रुहरू दसैंका लागि भन्दा पनि काम विशेषले मात्रै बाध्यताले यात्रा गर्नुपरेको बताउँछन्। उता गोरुसिङे, काठमाडौं, बुटवल बसपार्कमा पनि यात्रुहरूको चाप देखिदैन ।
अघिल्ला वर्षहरूमा दसैं शुरू हुनुभन्दा करिब एक महीनाअघिदेखि नै टिकट बुकिङ खुला भइसक्थ्यो। तर, यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको काठमाडौं, बुटवल बसपार्क व्यवस्थापनको भनाई छ ।
हाल सञ्चालनमा रहेका सवारीसाधनले पनि पर्याप्त यात्रु पाएका छैनन्। दसैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरू यात्रु नै नहुने स्थिति आएपछि व्यवसायमा झन् घाटा हुने भन्दै निराश देखिन्छन्।