अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का निकट विधार्थी नेतालाई कोरोना संक्रमण भएको छ।
नेकपाका निकट अनेरास्ववियू केन्द्रीय सदस्य प्रदिप नेपालीलाई कोरोना संक्रमण भएको हो । शुक्रबार प्रदेश जनस्वास्थ्य लुम्बिनीबाट प्रदिपको पिसिआर पोजिटिभ आएको हो ।
उता आज सन्धिखर्क नगरपालिकामा २१ जना र शितगंगा नगरपालिकामा १ जना कोरोनाका संक्रमित थपिएका छन् । यो सँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ५२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६, जना, शितगंगा नगरपालिकामा ९०, भूमिकास्थान नगरपालिकामा १२५, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा १८ र छत्रदेव गाउँपालिकामा २८ जना रहेका छन् ।
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ११२ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।