सिद्धारा र रजियाका किसानले उत्पादनको आधारमा फेरिपनि अनुदान पाए

जनक के.सी 
सिद्धारा, अर्घाखाँची २ कात्तिक । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड न १० सिद्धारा र वार्ड  न.१२ रजियाका किसानले उत्पादनको आधारमा फेरिपनि अनुदान पाएका छन् । 
 शितगङ्गा नगरपालिका किसानलाई प्रोत्साहन स्वरुप कृषकलाई उत्पादनको आधारमा नगरपालिकाले अनुदान दिदै आइरहेको छ। त्यस्तै आजपनि शितगंगा नगरपालिका १० सिद्धारा कृषि तथा पशु महिला सहकारी सिद्धारा र शितगङ्गा १२ आधारशिला सहकारिले उत्पादनको आधारमा अनुदान कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख टीका रेस्मि बिशेष अतिथिहरु हेफर इन्टरनेस्नलका कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा इपिसिडिसी अर्घाखाँचीका अध्यक्ष हरि खडका कार्यक्रममा वाड अध्यक्षहरु हिम्मत पोख्रेल र बाबुराम गैरे लगाएत स्वयम् सेविका समाजका अगुवा ब्यक्तिहरु सहकारीका प्रतिनिधिहरु कृषकहरुको समूह लागाएत बिभिन्न संघ सस्थाका प्रतिनिधि रोहबरमा किसानको उत्पादनको आधारमा अनुदान बितरण गरिएको.वाड न १० सिद्वारामा ४७ जना किसानले जम्मा जम्मी रु-५,१०००० (पाचलाख दस हजार) अनुदान पाएका छन । 
भने सितगङ्गा वाड न.१२ का ४० जना किसानले ७,७०००० (सात लाख सत्तरी हजार ) बराबरको अनुदान पाएका छन कार्यक्रममा बोल्दै राधा कृष्ण शर्माले आगामी दिनमा अझै थुप्रै कार्यक्रम ल्याउदै छौ किसानलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष रहेको छ तेस्तै अब कृषिमा क्रान्तिनै ल्याउने हो हामी कुनै न कुनै योजना प्रत्येक बर्ष ल्याइ रहेका छौ सक्नु हुन्छ एकल गरौ सक्नुहुन्न सामुहिक व्यावसायिक गरौ हामी तपाइहरुकै साथछौ भन्दै उपप्रमुख रेस्मिले किसानलाई हौसला दिनुभएको छ। रेस्मिले भन्नुभयो; योजना बनाएर जतिबेला पनि आउनु हामी सहयोग गर्छौ। 

अन्य समाचारहरु