अमेरिकामा बसेर समाजसेवा गर्दै अर्घाखाँचीका देव गौतम

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुर स्थायी घर भई अमेरिकाको न्युयोर्कमा कर्मथलो बनाउनु भएका सामाजिक क्षेत्रमा निकै क्रियासिल युवा देव गौतमले समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
नेपाल सरकारको स्थायी अधिकृत जागिर छोडी अमेरिकामा अधिकृत स्तरको स्थायि जागिर गरेर बसेका गौतम निकै सामाजिक कामहरुमा अग्रसर छन् । गौतमले दुखमा परेका नेपालीहरु तथा नेपालमा आर्थिक अबस्था कम्जोर भएका निकै ठुलो रोग लागि उपचार गराउन नसकेका बिरामी तथा नेपालमा हुने सामाजिक कामहरुमा सहयोग गर्दै सामाजिक काममा अग्रसर हुनु भएको हो ।
न्यूयोर्क स्थित संयुक्त राष्ट संघको प्रधान कार्यालयमा कार्यरत रहनुहुने समाजसेवी गौतमले सरकारले गरेको लकडाउनका बेला दैनिक ज्यालादारी गरि खाने र लकडाउनका बेला चुलो बाल्न नसकेका अर्घाखाँचीबासीहरुलाई पनि आफु अमेरिकामा रहेपनि उनिहरुको चुलो बल्न सकोस भनेर आर्थिक सहयोग गर्नु भएको थियोे ।
देव गौतम झन्डै डेढ़ दशकदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका छन् । बिदेसमा पर्ने दुख पिडामा नेपालीहरुलाई साथ दिदै आएका गौतम भन्छन्; अब केही समयपछि नेपाल मै आफ्नै जन्मथलोमा बसेर समाज सेवा गर्ने मन छ ।
नेपालीहरुको माहान चार्ड बडा दशै शुभदिपाबली छड पर्बको अबसरमा सम्पुर्ण नेपाली आमा बुवा दाजुभाई दिदिवहिनी बिदेसका विभिन्न ठाउँमा कर्म थलो बनाउने आम नेपाली दाजुभाई दिदी बहिनिहरु अर्घाखाँचीबासी सम्पुर्ण बुवा आमा दाजुभाई दिदी बहिनीहरुमा सुख शान्ति सम्बृर्दिको लागि हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ ।


अन्य समाचारहरु