सन्धिखर्कमा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ईन्सुरेन्स भुक्तानी प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाँचीकोटमा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ईन्सुरेन्स भुक्तानी प्रदान गरिएको छ । 
खाँचीकोटका कोरोनाबाट ज्यान गुमाएका खुम बहादुर थापा क्षेत्रीको परिवारलाई लाईफ ईन्सुरेन्स कर्पाेरेसन (नेपाल )लिमिटेड (एल.आई.सी.नेपाल) सन्धिखर्क शाखाले आज मृत्यु दावी भुक्तानी गरेको हो । 
मृत्युुपछि उक्त रकम उनले ईच्छाएकाे ब्यक्ति उनकि श्रीमती पद्मिकला थापा क्षेत्रीलाई रू एकलाख साठी हजार प्रदान गरिएकाे लाईफ ईन्सुरेन्सका प्रमुख अंकित सुवेदीले जानकारी दिनु भयो । 
मृतक राेजगारकाे शिलशिलामा दुबई बस्दै आउनु भएको थियाे ।

अन्य समाचारहरु