अर्घाखाँचीडट्कमको दुई महिने के गर्दैछ स्थानीय सरकार?- २०७७ अभियान समापन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ वटा पालिकामा अर्घाखाँचीडट्कमले संचालन गरेको दुई महिने के गर्दैछ स्थानीय सरकार?- २०७७ अभियान समापन भएको छ । 
जिल्लाका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा अर्घाखाँचीडट्कमले ५७ दिनदेखि संचालन गरेको के गर्दैछ स्थानीय सरकार? – २०७७ अभियान बिहीवार शितगंगाको ठाडाबाट समापन भएको हो ।
अर्घाखाँचीडट्कमले के गर्दैछ स्थानीय सरकार? सन्धिखर्क नगरपालिका वार्ड न.८ का वाडअध्यक्ष ईश्वरीप्रसाद भुसालसँग गत २०७७ भाद्र ११ गते बिहीवारबाट शुरुवात गरेको थियो । भने कार्तिक ६ गते बिहीवार ठाडामा शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीसँग विशेष अन्तरवार्ता लिदै समापन भएको हो । 
अर्घाखाँचीडट्कमको अभियान कार्यक्रममा स्थानिय निकायले   संविधानको कार्यन्वयनमा आफ्नो कार्यसम्पादनलाई कसरी सँगै अगाडि बढाएको छ र स्थानीय शासन सञ्चालनका अवधारणाको  आधारहरुको विकास के-कसरी भईरहेको छ?
अभियानमा सन्धिखर्क नगरपालिकाका १२ वार्डका,  शितगंगा नगरपालिका १४ वार्ड, भूमिकास्थान नगरपालिका १० वार्ड, मालारानी गाउँपालिका ९ वार्ड, पाणिनी गाउँपालिका ८ वार्ड र छत्रदेव गाउँपालिका ८ वार्डस गरी ६१ वार्डहरुका सबै वाडअध्यक्षहरु सहभागी रहेका थिए । यस्तै छ पालिका प्रमुखमा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम र मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्य उक्त अभियानमा सहभागिता जनाएका थिए ।    
जिल्लाका ६ वटा स्थानीय तह र तिनका ६१ वटा वार्डमा नेपाल जारी संविधानको कार्यन्वयन, स्थानीय शासन सञ्चालनमा स्थानीय तहको भुमिका, अधिकारको उपभोग र बाडफाड, स्थानीय स्रोत साधनको परिचालन र उपयोग, सामाजिक परिचालन, सामाजिक सुव्यवस्था, शान्ति सुरक्षा, सामाजिक बचाउ, संरक्षण, विकास पुवार्धारको अवस्था, सार्वजनिक सेवा प्रवाह प्रक्रिया, सुशासन र पारदर्शिताको प्रवर्धन र कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि भएका प्रयास एवम् स्थानीयकरणको महत्त्व र आवश्यकता लगायतका विषयमा छलफल गर्न अभियानको मुख्य उदेश्य रहेको थियो । 
के गर्दैछ स्थानीय सरकार? अभियानमा स्थानिय निकायका जनप्रतिनिधिहरुले स्थानीय तह निर्वाचन २०७४ सालमा विजयी भएपछि ३ वर्षमा आफुहरुले खानेपानी, सडक, स्वास्थ्य, विजुली लगायतका क्षेत्रमा गरेका काम र अबको २ वर्षमा गर्ने योजनाहरुको बारेमा विवरणहरु प्रस्तुत गरेका थिए ।   
साथै जिल्लाका ६१ वाडअध्यक्ष र ६ पालिका प्रमुखहरुले अर्घाखाँचीडट्कमको के गर्दैछ स्थानीय सरकार? ५७ दिने अभियान सकारात्मक, जिल्लाका सबै वार्डका गतिविधी बाहिर ल्याउन सफल भएको भन्दै यो अभियान एतिहासिक रहेको हरेक वर्ष यस अभियानलाई जारी राख्न सुझाव दिएका थिए । 
अभियानमा अर्घाखाँची मिडिया हाउस प्रा.ली. “अर्घाखाँचीडट्कम अन्लाईन सस्करण” संस्थापक प्रमुख-प्रधान सम्पादक मेहर सिंह केसी, सम्पादक सन्तोष के.सी, व्यवस्थापक बसन्त खड्का, जिल्ला प्रतिनिधि केशब राज ज्ञवाली, व्युरो प्रमुख डिआरजी सुमन, प्रशासन प्रमुख तथा काठमाडौं व्युरो प्रमुख दिपक भुसाल, जिल्ला प्रतिनिधि दीपेन्द्र पौडेल, बजार मर्केटिङ प्रतिनिधि सारदा नेपाली, पुष्पा पन्थी, यस्तै रेडियोमा केशव पन्थी, प्रतिनिधिहरु  करन जङ रायमाझी, लक्ष्मण खनाल, ॠषि भुसाल, केशब घिमिरे,  प्रदीप सूर्यवंशी मगर, रमेश ज्ञवाली लगायत दर्जनौ प्रतिनिधिहरु खटिएका थिए । 
५७ दिने लामो अभियानको सम्पूर्ण आर्थिक खर्च अर्घाखाँची मिडिया हाउस प्रा.लीको आफ्नै स्रोतबाट भएको थियो । 
अर्घाखाँचीडट्कमले के गर्दैछ स्थानीय सरकार?- दोस्रो अभियान अर्को वर्ष पनि नियमित संचालन गर्ने छ । डट्कमको के गर्दैछ स्थानीय सरकार?- २०७७ पहिलो अभियानबाट देश – विदेशमा रहेका जिल्लाबासी तथा सम्पूर्ण नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।    
जिल्लाका ६ वटा पालिका प्रमुखहरु र ६१ वाडअध्यक्षहरुको बिशेष अन्तरवार्ता हेर्नुस्:-

अन्य समाचारहरु