अर्घाखाँचीका हात्तिपाइले रोग पीडित बेदुराम कुँवरको उपचार भएन्, पैसा नहुँदा १७ बर्षदेखि घरमा बस्न वाध्य

केशव पन्थी 
भगवती, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीका हात्तिपाइले रोगबाट पीडित बेदुराम कुँवरको उपचारको लागि आर्थिक समस्या परेको छ । 
भगवतीका १७ बर्षदेखि हात्तिपाइले रोगबाट पीडित ५२ बर्षिय बेदुराम कुँवरलाई थप उपचार गर्नको लागि आर्थिक समस्या परेको हो ।   
हात्तिपाइले रोग पीडित कुँवरको पैसाको नहुँदा बिना उपचार १७ बर्षदेखि घरमा बस्न वाध्य हुनुहुन्छ । 
उहाँ अहिले हिडडुल गर्न सक्नुहुदैन । उहाँको आर्थिक अवस्था अतिनै कमजोर छ ।  उहाँ अहिले वृद्र आमा अनि श्रीमतीको हुनुहुन्छ ।
आर्थिक कारणले १७ बर्षदेखि हात्तिपाइले रोगको उपचार हुन नसक्दा सम्पूर्ण परिवार चिन्तित रहेका छन् । 
उहाँको परिवारले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई उहाँको उपचारको लागी तथा घरको दयनीय अवस्था देखेर आर्थिक सहयोग अपिल गरेको छ । 
कसैले आर्थिक सहयोग गर्न चाहेमा उहाँकै श्रीमती मिना कुँवरको फोन नम्बर : 9867247411 मा सम्पर्क गर्न सकिनेछ । 

अन्य समाचारहरु