मैदानको झुमादेवि मन्दिरमा यस वर्ष सरायँ मेला नहुने, निर्माणाधीन मन्दिर मा रौनक देखिएन्

दिनेश रदिफ गैरे
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्थित मैदानको झुमादेवि मन्दिरमा यस वर्ष सरायँ मेला नहुने भएको छ ।
मैदानको निर्माणाधीन झुमादेवि मन्दिरमा कोरोनाको संक्रमणलाई ध्यानमा राखेर यस वर्ष सरायँ मेला आयोजना नगरिने भएको हो । 
नेपालीहरूको महान चाड बिजया दशमी नजिकिए सॅगै गाउँ घरमा छुट्टै खाल को रौनक छाउथ्यो । परिस्थिति ले गाउँ छाड्न बाध्य भएका प्रदेशी हरू प्रदेश को कोसेली बोकेर गाउँ घर फर्कने, साथी भाई आफन्त जन सॅग हर्षोल्लासका साथ टिका थापेर आशिर्वाद लिँदै बिजया दशमी सकिएपछि आफ्नो परिवार को खुसी खोज्न फेरी प्रदेशीन्थे प्रदेशीहरू । 
सामान्यतया दशै भने पछि खुसी को पर्व को एउटा स्तम्भ पनी हो । दशै को बेला धेरै ठाउँमा मा मेला लाग्ने , सराय नाच हुने , विभिन्न जमघटको साथ मा भेला हुने रमाइलो गर्ने समय पनी हो  । तर यो बर्ष कोभिड_१९ अर्थात कोरोना भाईरस को कारण ले दशै मा हुने मेला , महोत्सव , सराय नाच निर्वाधरुपमा संचालन गर्ने अवस्था छैन । 
यसै कारण ले गर्दा विभिन्न धार्मिक कार्य को साथ मा बिजया दशमी को दिन भब्य सराय नाच गर्दै फुलपाती बिसर्जन हुने,  झुमादेवि मन्दिर मैदानमा यस बर्ष सामान्य नित्यकर्म बाहेक कुनै पनी अन्य धार्मिक कार्य को साथ मा सराय नाच पनि नहुने भएको छ ।  कोरोना भाईरस को जोखिम कायमै रहेको ले यस मन्दिर मा यो बर्ष कुनै पनि कार्य नगरिने मन्दिर ब्यवस्थापन समिति का अधक्ष्य लेखनाथ गैरे ले अर्घाखाँची डट्कम्  का पत्रकार लाई जानकारी दिनु भएको छ  ।
सन १९५० भन्दा पहिले स्थापना भएको उक्त मन्दिर पुरातात्विक महत्वको आधार स्तम्भ पनी रहेको र यो वर्ष मन्दिर लाई नयाँ स्वरुप दिन मन्दिर निर्माण गर्न थालिएको थियो । कोरोना को जोखिम ले काम अहिले रोकिएको तर दशै पछाडि मन्दिर निर्माण को काम थालनी गरिने भन्दै यदि कसैले स्वईच्छाले मन्दिर निर्माण कार्य मा सहयोग गर्न चाहेमा मन्दिर ब्यवस्थापन समिति सॅग सम्पर्क गरी सहयोग गर्न सबै सामु मन्दिर ब्यवस्थापन समिति ले अपिल गरेको छ  ।

अन्य समाचारहरु