सन्धिखर्कमा २ जना र पाणिनीमा १ जनाले कोरोना जिते, अर्घाखाँचीमा कोरोना मुक्त हुनेको संख्या ४५३ (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा २ जना र पाणिनी गाउँपालिकामा १ जनाले कोरोना जितेका छन् । 
यो सँगै जिल्लाका विभिन्न आईसोलेशनबाट आजसम्म  ४५३ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १२५  जना, शितगंगा नगरपालिकामा ८४,  भूमिकास्थान नगरपालिकामा १२३, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।   
यस्तै जिल्लामा आजसम्म संक्रमितको संख्या ५६६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१८ जना, शितगंगा नगरपालिकामा ९९,  भूमिकास्थान नगरपालिकामा १२६,  मालारानीमा ७५,  पाणिनी गाउँपालिकामा २० र छत्रदेव गाउँपालिकामा २८ जना संक्रमित रहेका छन् ।     
 
जिल्लाका विभिन्न आईसोलेशनबाट आजसम्म  ४५३ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १२५  जना, शितगंगा नगरपालिकामा ८४,  भूमिकास्थान नगरपालिकामा १२३, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।   
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ६ जनाको निधन भएको छ । 
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १०७ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।