बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १० अर्घाले वडाभित्रका जनजाति समुदायलाई व्यवसायिक तरकारी खेतीमा केन्द्रीत गर्न प्लाष्टिक टनेल बितरण गरेको छ ।
वडाध्यक्ष लक्ष्मीनारायण चुदालीले किसानको घरबारीमा पुगेर आर्थिक वर्ष २०७७÷७८ को लागि छुट्याइएको ५० हजार बजेटबाट ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल हस्तान्तरण गर्नुभएको थियो । वडाध्यक्ष चुदालीले आदीवासी जनजाति समुदायको व्यवसायीक हितका लागि प्लाष्टिक टनेल हस्तान्तरण गरिएको भन्दै सबै किसानहरुलाई निर्वाहमुखी खेति प्रणालीबाट माथि उठेर व्यवसायिक खेतिमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनजाति समुदायबाट व्यवसाय प्रर्बद्धनमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा सदस्य ऋषिकेश भुसालले जनजाति समुदायमा रहेको साम्प्रदायिक एकताबाट सबैले सिक्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा आदीवासी जनजाति सञ्चालका अध्यक्ष बिष्णु बहादुर घर्तीको अध्यक्षता र सचिव प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ, पत्रकार माधव खनाल लगायतको आथित्यता रहेको थियो ।