डिभर्ना र खनको पर्यटन क्षेत्र जालकाँडामा सफाई अभियान शुरु
कार्तिक १३ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्ना र मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा पर्ने पर्यटन क्षेत्र जालकाँडामा सफाई अभियान शुरु भएको छ ।
सहकर्मी रवी खनालका अनुसार जालकाँडामा घुम्न घाम गर्न आउने पर्यटकहरुले जथाभावी फ़ोहोर गरेको भन्दै पातलकटेराका युवा अभियान्ता सुरज सेजवाल रबि खनाल प्रर्बिन सेजवाल लगायतका युवाहरुको समुहले सफाई अभियान शुरु भएको हो ।