अर्घाखाँचीमा पुर्व शिक्षक स्व. रायमाझीको संझनामा “बुद्धि रायमाझी स्मृति प्रतिष्ठान” स्थापना

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक स्व. बुद्धि बहादुर रायमाझीको संझनामा बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्था स्थापना गरिएको छ । 
स्व. रायमाझीले लेखेका कृतिहरु, योगदान बिचारहरुलाई संरक्षण एव प्रसार प्रचार गर्न र अन्य सामाजिक कार्यहरु गर्नको लागि भन्दै बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्था स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले आईतबार स्व. बुद्धि रायमाझीकी श्रीमती बिजुला रायमाझीलाई संस्थाको दर्ता प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्थाले विपन्न परिवारका बालबालिकाहरुलाई पढन, शैक्षिक सामाग्री सहयोग लगायत विभिन्न सामाजिक कार्य गर्ने बताइएको छ । 
पुर्व शिक्षक रायमाझीको ६९ वर्षको उमेरमा गत २०७७ वैशाख २२, सोमवार निधन भएको थियो ।

अन्य समाचारहरु