अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभरका सडकमा उच्च गतिमा चलाऊने, सवारी चालक अनुमति पत्रै नलिई मोटरसाइकल चलाएपनि प्रहरीले कुनै कारबाही गर्न सकेको छैन् ।
सन्धिखर्क लगायत जिल्लाभरका सडकमा युवाहरुको समुहले उच्च गतिमा चलाऊने, सवारी चालक अनुमति पत्रै नलिई मोटरसाइकल चलाएता पनि अहिलेसम्म प्रहरीले कुनै कारबाही नगरेको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका हुन् ।
जिल्लामा दैनिक २,४ वटा सानातिना दुर्घट्ना साघुरो, अव्यवस्थित सडकमा युवाहरुको समुहले जथाभावी, उच्च गतिमा चलाउदा हुँदै आएका छन् । प्रहरीले ति समुहलाई कारबाही गर्नुको सट्टा केही नगरी छोडेको देखिन्छ ।
उता सन्धिखर्कमा सोमबार बिहान अर्घाखाँचीडट्कमका सम्पादक सन्तोष के.सी सवार मोटरसाइकललाई उच्च गतिमा आएको एक युवाले ठक्कर दिदा ठुलो दुर्घट्ना हुनबाट जोगिएको छ । ति मोटरसाइकल चालकले सवारी चालक अनुमति पत्रै नलिई मोटरसाइकल चलाएका थिए । तिव्र गतिमा आएको सो मोटरसाइकल घरको सटरमा ठोकिन पुगेको थियोे।
यस्तै साँझ फेरि साथी होटल अगाडि मोटरसाइकल दुर्घट्ना भएको थियो । सडकमा हिंडेका स्थानियबासीहरु उच्च गतिमा आएको मोटरसाइकलबाट बच्न सफल भएका थिए । उक्त दुर्घट्नाको विवादको भिडियो खिच्दा प्रहरीले सर्वसाधारण जनतालाई रोक लगाईएको कारण डट्कम सम्पादकलाई फोन गरेर सर्वसाधारणले बोलाएका थिए । डिउटीमा खटिएका प्रहरीले यस्तो भएको छ घट्ना भनी भिडियो लिनलाई पनि रोकावट गरेका थिए ।
सन्धिखर्क, चुत्राबेसी लगायत जिल्लाभरमा खटिएका प्रहरीले कुनै सवारी दुर्घट्ना भएपनि नदेखे जस्तो गरी घट्ना लुकाउने र पिडकलाई कारबाही नगरी छोडिदिने गरेको; चुत्राबेसीका एक स्थानियले बताए ।
अव्यवस्थित सहरिकरणको कारण आजकाल सन्धिखर्क, चुत्राबेसी लगायतका क्षेत्रमा दिनहुँ जसो सवारी दुर्घटना वढदे गएको छ । स्मार्ट नगरपालिकाको परिकल्पना गरेर जनप्रतिनिधि विजयी भएपनि सरकारको लगानी व्यापारीक प्रयोजन अनुरुप गर्ने भएकोले सन्धिखर्कका समस्या जस्ताको त्यस्तै रहेका छन् । सन्धिखर्क नगरपालिकाको मुख्य मुटु मानिने वार्ड १ र २ यस्तो अवस्थामा छन् भने अरु वार्डको अवस्था कस्तो होला हामी आफै अनुमान गर्न सक्छौ; अर्का सन्धिखर्कका व्यापारीले भने ।
उनले थपे; राजनीतिक दवावको कारण कानुन शासन र विधिको शासनको परिपालना पुलिस प्रशासनलाई पनि दवाव सिर्जना गरेको कारण प्रशासन पनि निष्कृय जस्तो देखिन्छ ।
अर्घाखाँचीमा ६० प्रतिशत बढी विधार्थी, युवाहरुको समुहले सवारी चालक अनुमति पत्रै नलिई, विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाँउने, स्पस्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउने गरेको देखिन्छ । प्रहरीले कही कतै आकस्मिक चेकिङ गरेको देखिदैन।
सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी बिना सवारी चालक अनुमतिपत्र कुनेपनि सवारी साधन चलाउन पाईदैन र सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी साधन चलाउन दिनु हुदैन । यदि कुनै व्यक्तिले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० संजाय सम्बन्धि व्यवस्था महलको दफा १६० बमोजिम छ महीनासम्म कैद र रु पाँच सयदेखि दुई हजारसम्म जरिवाना हुन्छ ।