मैदानको श्री कृष्ण मावी केन्द्रमा कक्षा ११ को परिक्षा संचालन (भिडियो, तस्बिर सहित)

डिआरजी सुमन
मैदान, अर्घाखाँची । (अर्घाखाँची डटकम्/व्युरो रिपोर्ट) अर्घाखाँची जिल्लाको पाणिनि गाँउपालिका स्थित कृष्ण मावी केन्द्र मैदानमा आवश्यक स्वास्थ्य मापदंड पुरागर्दै कक्षा ११ को परिक्षा सुरु भएको छ । पाणिनि गाँउपालिकामा रहेको परिक्षा केन्द्र नं ५११९ मा कक्षा ११ को नियमित तथा आंशिक परिक्षार्थीको पहिलो दिन आज अनिवार्य अंग्रेज़ी विषयको परिक्षा शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ ।
विश्वभर फैलीएको कोरोना संक्रमण रोकथामको लागी WHO तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदंड पुरा गर्दै परिक्षा संचालन गरिएको विद्यालयका प्रधानाध्यापक जीव नारायण भट्टाराईले जानकारी गराउनु भएको छ । स्वास्थ्य सुरक्षाको लागी आवश्यक स्वास्थ्य सामग्री थर्मलगन,सेनेटाईजर रमाक्स मैदान स्वास्थ्य चौकिवाट उपलब्ध भएको सहायक केन्द्राध्यक्ष टेकनारायण गैरेले वताउनु भएको छ ।
परीक्षार्थीलाई गेटमै थर्मल गनले चेकजाँच गरी सेनेटाईजींग गराएर माक्स सहितपरिक्षा हलमा प्रवेश गराई एक कोठामा २० जना अर्थात् प्रति वेन्च २ जना वसाई परिक्षा संचालन गरिएको छ ।
यस केन्द्रमा ३२ जना छात्र र ५५ जना छात्रा गरि जम्मा ८७ जना परिक्षार्थीलेअनिवार्य अंग्रेज़ी विषयमा जाँच दिएका छन । यस केन्द्रमा ४ जना निरीक्षक,१जना केन्द्राध्यक्ष र १ जना सहायक केन्द्राध्यक्ष गरी ६ जनाको निगरानीमाशान्तिपूर्वक परिक्षा संचालन भई रहेको छ । – तस्वीर/भि  डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु