अर्घाखाँचीडट्कम संवाददाता
पकले अर्घाखाँची १९ कात्तिक । कोरोना संक्रमण पुष्टि भएपछि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको पकलेलाई शिल गरिएको छ ।
बुधवार वडाअध्यक्ष ईश्वरीप्रसाद भुसालले एक सुचना जारी गर्दै किमडाँडाको पकले स्थित अर्यालटोलका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै शिल गरिएको हो ।
पकलेका कार्तिक १६ गते स्वाब संकलन गरी परिक्षणको लागि पठाइएकोमा सबै ८ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
पकले बजार र स्कुल आसपास क्षेत्र सिल गर्नुका साथै सजगता अपनाउन भुसालले आव्हान गरेका छन् ।