अर्घाखाँचीमा चिठी पु-याउन समस्या

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा डाँक बोक्ने सवारीसाधनहरु नियमित सञ्चालनमा नआउँदा समयमा चिठी पु-याउन समस्या हुने गरेको छ । 
जिल्ला हुलाक कार्यालयका अनुसार हुलाक कार्यालय र सवारीसाधनका कम्पनीबीच डाँक बोक्ने सम्झौता भएअनुसार नियमित डाँक नल्याएको-नउठाएका कारण समयमा सेवाग्राहीलाई चिठी पु-याउन समस्या हुने गरेको हो ।
यस्तै एक ठाउँबाट अर्को ठाउँमा वा एक जिल्लाबाट अर्को जिल्लामा चिठीपत्र वा कागजातहरु लैजानका लागि बस लगायतका सवारीसाधन कम्पनीसँग सम्झौता भएको छ” ।  “विशेषगरी काठमाडौं, पोखरा, नेपालगन्ज, बुटवल, कपिलवस्तु हुँदै अर्घाखाँचीसम्म चिठीपत्र वा कागजातहरु डाँक सेवामार्फत ओसारपसार गर्ने गरिएकामा बस लगायतका सवारीसाधनहरु नियमित नहुँदा समयमा पु¥याउन नसकेका जिल्ला हुलाक कार्यालय अर्घाखाँचीको भनाई छ । 
हुलाकले समयमा चिठीपत्र, कागजातहरु पु-याएन भनेर सेवाग्राहीले हुलाकमाथि गुनासो गरेको देखिन्छ । 
हुलाक कार्यालयको डाँक बोक्नका लागि सम्झौता भएर नियमित डाँक सेवा सञ्चालन भइरहेको तर कोभिड—१९ को बन्दाबन्दीका कारण नियमित हुन नसकेको सम्झौता गरेका सवारीसाधनहरु भनाई रहेको छ । 
कोभिड १९ को बन्दाबन्दीको असर यातायात क्षेत्रमा परेका कारण समय समयमा बसहरु छुटाउन नसकिएकाले गर्दा नियमित डाँक बोक्न समस्या भएको उनिहरुको भनाई रहेको छ ।  

अन्य समाचारहरु