बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी http://www.timesofearth.com/ THE TIMES OF EARTH.
नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.- प्रेस बिज्ञप्ती
मिती २०६६ – १२ – २४
’’राजा-चोर,देश-छोड’’ लगायतका नारा सहित चैत्र २४ गते नेपाली जनताको बिशाल जनसागर उर्लेर राजतन्त्रको बिरुद्द तत्कालिन बाममोर्चा र नेपाली काग्रेस गठबन्धनको आसय र इच्छा बिरुद्द जनआवाज घन्केको जनआन्दोलन २०४६ चैत्र २४ गते को दिन,अनि नेपाली जनताले नेपाल र नेपाली जनताको मुख्य दुस्मनको सामुहिक पहिचान गरि अग्रगमन को लागि आन्दोलन गरिरहेका गणतन्त्रबादीहरुको पक्षमा नेपाली जनताको महासागर उर्लिएको दिन,जनताले चाहेको परिवर्तनको अग्रगामी घोषणा गरेको ऐतिहासिक दिन,जतिबेला राजालाई संरक्षक बनाएर जनता लाई फेरी निरिह बनाउने २०४६ साल चैत्र २६ को धोखापुर्ण सम्झौता तत्कालिन नेपालीकांग्रेस र सयूक्त बाममोर्चा ले गरे त्यसको बिरुद्द जनताको पक्षमा सयूक्त जनआन्दोलन संयोजन समितिले आन्दोलन धोका हो,जनता सार्बभौमशक्ति सम्पन्न हुन बाकी छ भन्दै जनताको भावना लाई सम्बोधन गर्न अर्को आन्दोलन को आवश्यकता छ भन्यो त्यहिँ जनताको आवाजलाई १० बर्षे जनयुद्दले स्थापित गर्न सफल भयो । त्यो अधुरो जनआन्दोलनको पुरक भएर १० बर्षे जनयुद्द मार्फत संबिधान शभा र गणतन्त्र सहित संघीयतालाई पनि स्थापित गर्दै पुरक आन्दोलन को रुपमा १९ दिने दोस्रो जनआन्दोलन हुन सम्भब भयो | जसका कारण आज हामी संघिय गणतान्त्रिक युगमा प्रबेस गर्न सकेका छौ |वास्तबमा चैत्र २४ गते तिनै अग्रगमनकारी राजतन्त्र बिरोधी नेपाली जनताको येथास्थितिका बिरुद्द गणतन्त्रको पक्षमा उठेको उच्च आवाज लाई सम्मान स्वरूप मनाउने एतिहासिक दिन हो भनेर नेपालमा मात्रै होइन विश्वभरका नेपाली लाई सर्वबिदितै कुरा हो ।
ईतिहासको यो कालखण्ड सम्म आइपुग्न नेपाली आमाका १० सौ हजार होनहार छोराछोरीहरुले आफुलाई बलिदान गर्नु पर्यो |समयमा नै बिबेक नपुग्ने र जन भावना लाई बुज्न नसक्ने यथा स्थितिबादीहरुको चलखेल र धोखा ले जसरि २०४६ पछि पटक पटक आन्दोलन र बलिदान को श्रीखला चली रहयो त्यहिँ मानसिकता र वर्ग फेरी येतिबेलापनि चल्बलाऊँने प्रयत्न गरि रहेको छ |
नेपाली जनतालाई सर्ब शक्तिमान बनाउन र यथास्थितिबाद लाई सदाका लागि समाप्त पार्न यतिबेला समयमानै संबिधान घोषणा गर्नु र जनसेनालाई समायोजन गर्दै संघियातालाई स्थापित गरि स्थाई शान्ति को मार्ग प्रसस्त गर्दै जनताको ईतिहासलाई सुनौलो अक्षरले लेख्नु अत्याआवश्यक भै सकेको छ| जसका लागि संम्पुर्ण राजनैतिक दलहरुले आफ्नो पार्टीगत स्वार्थलाई त्यागेर जनता र देशको पक्षमा उभिन आवस्यक छ |नेपाली जनताले संबिधान सभा को निर्वाचन मार्फत दिएको निर्देशन र भावनालाई आधार मानेर सबैभन्दा ठुलोदल ऐकिकृत ने.क.पा. माओबादी को नेत्रित्वमा राष्ट्रिय सरकारको निर्माण भएपछि मात्र यी सम्पूर्ण जनताका आवाज र भावना बमोजिमको शान्त र समृद्द नेपाल निर्माण मा देश अगाडी बड्न सम्भब छ भन्ने कुरामा हाम्रो प्रवासी संगठन नेपाली जन प्रगतिशिल मंच यू .ए. ई . प्रस्ट पार्न चाहन्छ |
नत्र जुन बलिदान ले आज यो ऐतिहासिक समय लाई स्थापित गर्न नेपाली जनता सक्षम भए त्यसै गरि अर्को अधिबेरिको आवस्यकता पर्नेछ र त्यही आधीले जनबिरोधिहरुलाई बडारेर जनताको पक्ष मा फैसला गर्नेछ भन्नेतिर संम्पुर्ण प्रतिक्रियाबदि लागायत विस्तार र साम्रज्यबादी सबै लाई बेलैमा सचेत पार्न चाहन्छौ ।
अन्त्यमा आजको ऐतिहासीक दिनले सबै मा त्यहिँ जन आवाजलाई आत्मसाथ गर्ने बिबेक दिन सफल होस् भन्ने कामना सहित चैत्र २४ को स्मरण गराउन चाहन्छौ ।।।
कार्यवाहक अध्यक्ष ,उत्तम अधिकारी महासचिव श्याम परियार ,
क्रान्तिकारी अभिबादन सहित !
नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.
—————
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।