सागर परियार
सन्धिखर्क, अर्घाखाँची । संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीले आज एक कार्यक्रमका बिच ट्राफिक प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी उपरीक्षक डम्मर बहादुर बिश्वकर्मालाई स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा बिश्वकर्माले आफू ट्राफिक लुम्बिनी प्रदेश प्रमुख भए पछि विभिन्न कारण अर्घाखाँची आउन नपाएको र अर्घाखाँचीको कार्यालयको अबस्थाको बारेमा बुज्न अर्घाखाँची अबलोकन गर्न आएको बेला आफुलाई सम्मान तथा स्वागत गरेकोमा खुसी व्यक्त गर्नु भयो ।
यसै सन्धर्भमा उहाले प्रहरी को मा आउने हरेक मानिस फुल को गुच्छा बोकेर होइन। आँसु र दुख पीडा बोकेर आउँछ। तेस्को पीडामा न्याय प्रदान गर्ने पहिलो राज्यको निकाय र भुमिमा प्रहरी रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अर्घाखाँची प्रहरी प्रमुख माधब बुढाथोकिले अर्घाखाँचीमा जिल्लामा भएका हरेक किसिमका अनैतिक क्रियाकलाप अन्त्य गर्ने ।
त्यस्ता किसिमका अनैतिक कार्य गर्ने जो कै लाई कानुनी दायरामा ल्याउने बताउनु भयो । कार्यक्रम संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीका सम्योजक बिष्णु परियारको अध्यक्षता संजालका सदस्य सचिब दिनेश सुनार को सन्चालन र सन्जाल का सदस्य राजेन्द्र नेपालीको स्वागत मन्त्ब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सन्जालका सदस्य ठाकुर सौराग आदर्श लागयत ले सुभकमना मन्त्ब्य राख्नु भएको थियो ।