खाँचीकोटको सामुदायिक वनमा टाठाबाठाको रजाइँ (भिडियो फोटो सहित)

धुर्वराज आचार्य
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. ७ खाँचीकोटको सामुदायिक वनमा टाठाबाठाहरुको हालीमुहाली चलिरहेको छ ।
बनमा के भैरहेको छ? त्यस्को आम्दानी कता गइरहेको छ ? बनको अवस्था कस्तो छ भन्ने कुरो स्थानीय जनतालाई थाहा छैन ।
बन संरक्षणको नाममा सरकारबाट सरकारी बनलाई  समुदायमा ल्याएपछि बन संरक्षणको सट्टा बिनास तिर उन्मुख भएजस्तो देखिन्छ । यस बनमा लाखौंको संख्यामा सल्लाका रुखहरु रहेका छन् । ती रुखहरुबाट बर्सेनी सल्लाको चोप ( खोटो) निकासी हुन्छ ।  त्यो पैसा कहाँ गएको छ ? त्यो पनि जनतालाई थाहा छैन ।
स-साना सल्लाबाट पनि चोप निकाल्दा सल्लाहरु मर्दै गएका छन । झाडी सफा गर्ने, बृक्षारोपण गर्ने आदि कार्यहरु हुँदै हुँदैनन् ।
यसरी यस वनलाई कमाइ खाने भाडोको रुपमा टाठाबाठाहरुले प्रयोग गरिरहेका छन् । स्थानियबासी भन्छन्; यस प्रति सम्बन्धित निकाय अर्थात बन कार्यालयको ध्यान जहोस् ।

अन्य समाचारहरु