अर्घाखाँचीमा राष्टिय जनमोर्चाका युवा नेता कविराम खनाल कोरोना मुक्त, कोरोनालाई कमजोर नसम्झन आग्रह

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा राष्टिय जनमोर्चाका युवा नेता तथा निर्माण व्यवसायी कविराम खनालले कोरोनालाई पराजित गरेका छन् । 
२१ दिन लामो आइसोलेसनपछि कोरोना मुक्त भएका खनालले कोरोनालाई कमजोर नसम्झन आग्रह गरेका छन् ।
खनालले समाजिक सजाल फेसवुकमा स्टाटस पोष्ट गरेर भनेका छन्;. शुरु शुरुमा आफुले पनि कोरोनालाई सामान्य रुघाखोकी जस्तै मानेको भएपनि लक्षण सहितको विरामी, लगातार १४ दिन सम्मको ज्वरो, पखाला, असैह्य शरिरको दुखाई, लगातारको पसिना आउने देखि टाउको फुट्ला गरिको दुखाईले निकै समस्या गराएको उल्लेख गरेका छन् ।
राष्टिय जनमोर्चाका युवा नेता तथा निर्माण व्यवसायी कविराम खनाललाई गत कार्तिक ८ गते शनिबार नेशनल प्याथल्याब बुटवलमा पिसिआर चेक गराउदा कोरोना संक्रमण भएको थियो ।
गत २०७४ सालको स्थानीय निर्वाचनमा भूमिकास्थान नगरपालिकाको नगर प्रमुख थोरै मतले पराजित भएका युवा नेता यस क्षेत्रका जनताको मन जितेका छन् । 
Kabiram Khanal is with Surya Bhusal and 26 others.
3h
ै जितिन्छ । तर जव म विरामी भए लक्षण सहितको विरामी, लगातार १४ दिन सम्मको ज्वरो, पखाला, असैह्य शरिरको दुखाई, लगातारको पसिना आउने देखि टाउको फुट्ला गरिको दुखाईले मलाई असौह्य पिडावोध गरायो । यो विचमा मेरो स्वास्थ्यलाभको कामना गरेर सयौं मित्रहरुले विभिन्न माध्ययमबाट स्वास्थ्यलाभको कामना गरिरहनुभएको थियो । तर मेरो अस्वस्थताका कारण मैले मेरो दुबै सम्पर्क नम्वरहरुमा सम्पर्क गरिरहन सकेको थिईन यसमा म क्षमा याचना गर्न चाहान्छु । यो विचमा आफ्ना अनुभवहरु शेयर गरेर मलाई हौसला प्रदान गर्नुहुने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सर, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डा. कपिल गौतम, जिल्ला आयुर्वेद कार्यालयका कबिराज कमल आचार्य, प्रदेश सभासद माननीय चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल भुसाल, उप–प्रमुख ठाकुर कुमार वि.क किशोर, राजनैतिक दलका नेता साथीहरु, ब्यावसाहिक मित्र हरु, पत्रकार साथीहरु, सुरक्षाकर्मी , छिमेकी आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरु सबै प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नु चाहान्छु । र कोभिडलाई सामान्य रुपमा नलिन र स्वास्थ्य सुरक्षाका मापडण्ड अनिवार्य अपनाई आफ्नो दैनिकी संचालन गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध गर्न चहान्छु ।