देशका प्रमुख पर्यटकीय स्थलमा पर्यटक बस सेवा सुरु

काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका बीच पनि देशदर्शन बस सेवा प्रालिले शनिबारबाट पर्यटक बस सेवा सुरु गरेको छ ।
१२ करोड रुपैयाँ लगानीमा १६ ओटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुचारु गरिएको हो ।
देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सुचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बताउनुभयो ।
उहाँले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारीस्तरबाटै सहयोग हुनुपर्ने पनि बताउनुभयो ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदन्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
देशदर्शनले शुभारम्भको एक सातासम्म काठमाडौंदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौं भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । इमेजच्यानलमा समाचार छ ।