अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतम सहित ७ जना चिकित्सक र १० स्वास्थकर्मीमा कोरोना संक्रमित रहेको आइसोलेस कक्षमै पुगि आर्युबेद स्वास्थकेन्द्रका प्रमुख डा. अर्जुन राज शर्मा,कबिराज कमल प्रसाद आचार्यले आर्युबेद औंषधिहरु अशोगन्धा चुर्ण ,गुडुची चुर्ण,,एस्टिमधु चुर्ण, तुल्सी चिया, च्यावन प्रास लगायतका औंषधि बितरण गरेका छन् ।
यस्तै योग प्रशिक्षक अशोक खनालले उनीहरुलाई योग अभ्यास समेत गराएका छन् । जिल्लामा अन्य संक्रमितहरुलाई आर्युबेद स्वास्थ केन्द्र को टोली घर घरमा पुगि आर्युबेद औंषधि बितरण गर्नुका साथै योग , ध्यान ब्याम , हास्य र नृत्यहरु गराइ रहेको छ।
अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतम सहित ७ जना चिकित्सक र १० स्वास्थकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत एमडिजिपी डा. सन्तोष न्यौपाने , एमडिजिपी डा. सुरज ढकाल, मेडिकल अफिसर डा. उमेश जैसवाल, मेडिकल अफिसर आयुस्मा भुसाल, मेडिकल अफिसर डा. अमृत भट्टराई लगायत १७ जना स्वास्थकर्मी कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वस्थकर्मीमा कोरोना पुष्टि भएसंगै अस्पतालका इमर्जेन्सी र र प्रशुती सेवा बाहेक का अन्य सेवाहरु बन्द गरिएको छ।