गत मंगलबार भएको ४६ औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित भएका छन् ।
२० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा जितेपछि राष्ट्रपतिमा बाइडेन चयन भएका हुन् ।
उहाँले आफ्नो जन्मभएको राज्यमा विजय हासिल गरेपछि उहाँका लागि आवश्यक २७० मत पुगेकाे हो । उहाँको आफ्नो जन्मस्थल पेनसिलभानिया राज्यमा विजयी भएसँगै उहाँलाई २० इलेक्टिोरियल मत थप भएको र कुल २७३ इलेक्टोरियल मत पुगेको छ ।
यद्यपी अरु ३ वटा राज्यमा मतगणनाको अन्तिम नतिजा आउन बाँकी नै छ ।
बाँकी नभाडा, जर्जिया र नर्थ क्यारोलाइना राज्यमा मत गणना जारी छ । नाभाडामा वाइडनको अग्रता कायम छ भने जर्जियामा मत पुन:गणना हुने भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार वाइडनले २७३ इलेक्ट्रोरल मत प्राप्त गर्नुभएको छ भने वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गर्नुभएको छ ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो निर्वाचनमा जित हासिल गरेका विस्कन्सिन र मिसिगन जितेसँगै बाइडेनका लागि ह्वाइट हाउसको यात्रा सहज बन्दै गएको थियो।
अमेरिकामा कूल ५३८ इलेक्ट्रोरल मत रहेको छ ।।
एजेन्सी