अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका छन् । यि जिल्लाका ३ पालिकामा सक्रिय संक्रमितहरुको संख्या शुन्य भएको छ ।
शितगंगा नगरपालिका १०० जना संक्रमितहरु मध्ये ९८ जनाले कोरोना जितेका छन् । भने यहाँ २ जनाको मृत्यु भएको छ । यस्तै पाणिनी गाउँपालिका २० जना संक्रमितहरु मध्ये १८ जनाले कोरोना जितेका छन् । भने यहाँ १ जनाको मृत्यु भएको छ । साथै छत्रदेव गाउँपालिकामा २८ जना संक्रमितहरु मध्ये सबै २८ जनाले कोरोना जितेका छन् । पाणिनी, छत्रदेव साउन महिनादेखि कोरोना मुक्त भएका पालिका हुन् ।
जिल्लामा आजसम्म संक्रमितको संख्या ६०२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २५१ जना, शितगंगा नगरपालिकामा १००, भूमिकास्थान नगरपालिकामा १२७, मालारानीमा ७६, पाणिनी गाउँपालिकामा २० र छत्रदेव गाउँपालिकामा २८ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाका विभिन्न आईसोलेशनबाट आजसम्म ५५७ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा २१४ जना, शितगंगा नगरपालिकामा ९८, भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ७ जनाको निधन भएको छ ।
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।