संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

काठमाडौं, कात्तिक २४ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।
मन्त्रिपरिषद् बैठकले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र लेख्ने निर्णय गरेको थियो ।
तर, बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभइ अवलम्बन गरेको राज्य प्रणाली भएकाले सरकारले नामबारेमात्र निर्णय गरेको जिकिर गर्नुभयो ।
मन्त्रीले स्पष्टीकरण दिइसकेपछि पनि समितिले सरकारलाई निर्देशन दिएको भन्दै समितिमा रहेका सत्तारुढ दल नेकपाका केही सांसदले भने फरक मत राखेका छन् । इमेजच्यानलमा समाचार छ ।