अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा तीन महिनाको अवधीमा सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
साउनको अन्तीम सातादेखी कार्तीकको यो अन्तीम सातासम्म अर्घाखाँचीका विभिन्न भागबाट २६३ जना कार्यकर्ता सत्तारुढ नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यकर्ता मात्र नभएर स्थानियस्तरका नेता समेत पार्टी परित्याग गरि नेपाली कांग्रेसमा भित्रिएका छन् । निर्वाचित जनप्रतिनिधीदेखी पुर्व पदाधिकारीसम्मले नेकपा परित्याग गरेका छन् ।
२०७४ सालको निर्वाचनमा झन्डै दुई तिहाई ल्याएको नेपाल कम्युनिष्ट पार्टीप्रती असन्तुष्टी बढेसंगै नेपाली कांग्रेसमा आस्था बढ्दै गएको कांग्रेस नेताहरुले बताएका छन् ।