अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको हटारीनेटामा रहेको श्री युवा बर्ष जनता रबिचित्र मावीले चारित्रिक प्रमाणपत्र बनाए बापत पैसा असुलेको भन्दै विप्लब र वैद्य निकट बिधार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्न ।
हटारीनेटामा रहेको श्री युवा बर्ष जनता रबिचित्र मावीले चारित्रिक प्रमाणपत्र बनाए बापत १० कक्षाका बिधार्थीबाट ५ हजारसम्म र ८ कक्षाका बिधार्थीबाट ५ हजारसम्म असुलेको भन्दै विप्लब र वैद्य निकट बिधार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष नविन खड्का, समाजबादी बिधार्थी युनियनका अध्यक्ष रमेश खनाल र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष मनोज थापाले सोमबार एक विज्ञप्ती निकाली चारित्रिक प्रमाणपत्र बनाए बापत पैसा नसुल्न र उठाइएको शुल्क तुरुन्तै फिर्ता गर्न समेत आग्रह गरेका छन् ।
यस्तो छ विज्ञप्ती: