अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा वार्ड योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकामा आ.व २०७७/०७८ को भाद्र ३० बाट शुरु भएको वार्ड योजना सम्झौता गर्ने कार्य आज सोमबार सम्पन्न भएको हो ।
योजना सम्झौता गर्ने कार्य वार्ड नं १२ बाट शुरु भई वार्ड नं ९ मा समापन गरिएको छ।
वार्ड नम्बर ९ को अर्घामा १७ वटा योजना सम्झौता सम्पन्न भएका छन् । कार्यक्रममा अधिकृत छैठौै जीवनारायण आचार्य ई प्रमोद के.सी. योजना शाखाका दिलिप के.सी.प्राविधिक मेघराज पोख्रेलको उपस्थिति रहेको थियोे ।
यस्तै वडाध्यक्ष देवी बहादुर रायमाझीले सम्झौता गरी उपभोक्ता समितिलाई हस्तारण गर्नु भएको थियो। सो कार्यक्रमको संचालन योजना शाखाका क.क.दिलिप के.सी. गर्नु भएको थियो ।