अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका युवा व्यवसायी कृष्ण आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ।
सन्धिखर्क नगरपालिका वार्ड नं-११ डिभर्ना, जोगीमारे घर भई सदरमुकाम सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षीय आचार्यको गएराति ३ बजे भैरहवा मेडिकल कलेजमा ज्यान गएको हो ।
कोरोनाको लक्षण देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो। उनी कोरोना संक्रमित रहेको स्वाब परीक्षण गर्दा पुष्टि भएको थियो।
आचार्यले सन्धिखर्कमा होटल, मिष्ठान साथै हाल शान्तिबगैचा पुल्चोकमा दुग्ध ब्यबसाय संचालन गर्दै आएका थिए।