अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयमा पिरमर्का सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार बैदवारको उपस्थितमा जिल्ला प्रहरी कार्यालयमा पिरमर्का सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बैदवारले आज जिल्ला प्रहरी कार्यालय मातहत ई.प्र.का.ठाडा अर्घाखाँची, प्रहरी चौकी नरपानी अर्घाखाँची र जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । सो अवसरमा प्रहरी कर्मचारीहरुलाई आवश्यक निती निर्देशन तथा कोभिड १९ को अवस्थामा सुरक्षात्मक विधी अपनाई शान्ती सुरक्षा, अमनचयन र अपराध अनुसन्धान तथा नियन्त्रणमा खटिन निर्देशन दिदै नजिकिदै गरेको तिहार र छठ पर्वको समयमा नागरिकको सेवामा अहोरात्र खटिने प्रहरी कर्मचारीको मनोवल उच्च राखी कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण र प्रभावकारी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिनु भएको थियो ।